नेप्सेमा दोहोरो अंकले गिरावट, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

काठमाडौं , बैशाख २०। नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार १२ दसमलव ३५ अंकले घटेर २६ सय ५२ दसमलव ७५ बिन्दुुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ६९ अंकले घटेर चार सय ७५ दसमलव १२ बिन्दुमा झरेको छ ।

आज दुई सय १६ वटा कम्पनीहरुको ८८ हजार चार सय ८३ पटकको कारोवारमा एक करोड ५९ लाख आठ हजार चार सय ९९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम सात अर्ब ५२ करोड ९९ लाख ९० हजार एक सय ४६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवा भएकाछन् । ति मध्ये लघुबित्त र लगानी समुहको सुचकहरु झिनो अंकले बढेकाछन् भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७८ अंकले घटेर १७ सय ८४ दसमलव २४ बिन्दुमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३२ दसमलव नौ अंकले घटेर २५ सय ८१ दसमलव नौ बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर छ हजार एक सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जानकी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव ६४ प्रतिसतले घटेर दुई सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको भने प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मुल्यमा ३६ करोड ५८ लाख ४३ हजार सात सय ३९ रुपैंयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्