गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, नयाँ प्रमुखमा पौडेल र यादव

काठमाडौं, बैशाख २० । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन्।

मन्त्रिपरिषदले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।

नयाँ प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस पनि मन्त्रिपरिषदले गरेको एक मन्त्रीले जानकारी दिए। नवनियुक्त प्रदेश प्रमुख यादव दोस्रो संविधानसभामा उपाध्यक्ष थिए।

लामो समय राप्रपाको राजनीतिक गरेका उनी पछि एमालेमा प्रवेश गरेका थिए।  यस्तै पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन। उनी पूर्वसांसद हुन्।

यस अघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका प्रमदेश प्रमुख परिवर्तन गरेका थिए।

केही समय अघि मात्र प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नियुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्