काठमाडौं उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थपियो , बेलुकी पसल खोल्न नपाइने

काठमाडौं, बैशाख २१ । उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ।मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ।बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।

बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ।

बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारी साधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।

पत्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए। उनका अनुसार अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने समेत तयारी जिल्ला प्रशासन कार्यालयको तयारी छ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्