नेप्से १.९४ अंकले बढ्यो, ६ अर्बको कारोबार, ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौ , बैशाख २१ । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन १२ दसमलव ३५ अंकले घटेको नेप्से आज मंगलबार भने एक दसमलव ९४ अंकले बढेर २६ सय ५४ दसमलव ६९ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३२ अंकले बढेर चार सय ७५ दसमलव ४४ बिन्दुमा चढेको छ ।

दुई सय १३ वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६४ अंकले घटेर एक हजार सात सय ७६ दसमलव ६० बिन्दुमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन ।

ट्रेडिङ समुहको सुचक भने आज ९२ दसमलव ९३ अंकले बढेर तीन हजार नौ सय २१ दसमलव ४६ बिन्दुमा चढेकोमा लघुुबित्त, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको समता लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर छ सय पाँच रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने एक दसमलव ९८ प्रतिसतले घटेर १९ सय ३० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मुल्यमा २३ करोड नौ लाख ६४ हजार चार सय ८५ रुपैयाँको कारोवार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्