राष्ट्रपति भण्डारीले पुन; जारी गरिन् एकै दिन सात वटा अध्यादेश

काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार विज्ञप्तिमार्फत जनाएको छ ।मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीबाट एकै दिन सात अध्यादेश जारी भएको राष्ट्रपति कार्यालय शीतल निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा मंगलबार सात अध्यादेश जारी भएका हुन्।

यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सहित सात अध्यादेश जारी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्