यसअघि जारी भएका सबै सवारी पास खारेज, भोलिदेखि यस्तो छ व्यवस्था ( हेर्नुहोस् सूचनासहित)

काठमाडौं, बैशाख २१ । उपत्यकामा निषेधाज्ञाको समयमा आवतजावत गर्न यसअघि जारी भएका सबै सवारी पास खारेज भएका छन्।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भोलिबाट लागु हुने गरी नयाँ व्यवस्था गरेकाले यसअघिका सवारी पास खारेज गरेका हुन्।

बैशाख २२ गतेबाट सुरु हुने नयाँ व्यवस्था बैशाख २९ गते रातिसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

अब उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहित सिफारिस दिएमा गन्तव्यसम्म जान दिने निर्णय पनि प्रशासनले गरेको छ।

तर उपत्यकामा भने फुटपाथ तथा खुल्ला ठाउँ, ठेलागाडा वा साइकलमा संचालन हुने व्यापार व्यवसाय पनि बन्द गरिएको छ।यसैबीच उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ।

अब थप कडाइ गरिने भएको छ।बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ।

बिहान भने ९ बजेसम्म भने पसल सञ्चालन हुन पाउने छन्। फुटपाथका पसल बन्द गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्