माओवादीले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै

काठमाडौं, बैसाख २२ । नेकपा माओवादी केन्द्रले आज  सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदैछ ।

हिजो  बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो ।

आज पार्टीका साथीहरु समर्थन फिर्ताको पत्र बुझाउन संसद सचिवालयमा जाने तयारीमा रहेको माओवादीका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।

यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्