सन् २०२१ मा हुने भनिएको टी–ट्वान्टी विश्वकप भारतमा नहुने

काठमाडौं , बैशाख २२ । सन् २०२१ मा हुने भनिएको टी–ट्वाटी विश्वकप क्रिकेट भारतमा नहुने भएको छ । टी–ट्वान्टी क्रिकेट आगामी अक्टोबरमा हुने तय थियो ।

मंगलबार मात्र ‘बीसीसीआई’ले इन्डियन प्रिमियर लिग ९आईपीएल० स्थगित गरेको थियो । कोरोनाका कारण आईपीएल स्थगित भएकाले विश्वकप क्रिकेटका लागि यूएईलाई सम्भावित भेन्युका रुपमा हेरिएको ‘क्रिकइन्फो’ले जनाएको छ ।

टी–ट्वाटी विश्वकपमा १६ टोलीले सहभागिता जनाउने तय भएको छ । बीसीसीआईले टी–ट्वाटी विश्वकपका लागि भारतका नौ भेन्युलाई मुख्य प्राथमिकतामा राखेको थियो ।

टी–ट्वाटी विश्वकपका विषयमा बीसीसीआई र आईसीसीबीच छलफल चल्दा प्रतियोगिता यूएईमा हुने सम्भावना रहेको क्रिकइन्फोले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्