प्रतिनिधिसभाको अधिवेशन बैठकको तयारी तीव्र

काठमाडौं, बैशाख २२ । सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएको छ । योसँगै संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको तयारी तीव्र पनि बनाएको छ ।

बैठक बस्नुपूर्व प्रतिनिधिसभामा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षा निकायमा कर्मचारी, पत्रकारलगायतको कोरोना परीक्षण गराइँदै छ । यसको साथै बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयारी गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि मात्रै सरकारले अधिवेशन बोलाउन नमिल्ने भन्ने तर्क र बहस भइरहँदा विश्वासको मत लिने प्रक्रिया कसरी सम्पादन हुन्छ भन्ने चासो पनि सर्वत्र बढेको छ ।

संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो । संविधानको धारा १ सयको उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्