राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

काठमाडौं, बैशाख २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्