नेप्सेमा पाँच दसमलव नौ अंकको गिरावट

काठमाडौं , बैशाख २२ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्सेमा आज बुधबार पुन गिरावट आएको छ ।

नेप्से आज पाँच दसमलव नौ अंकले घटेर २६ सय ४९ दसमलव ६० बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ६३ अंकले घटेर चार सय ७३ दसमलव ८१ बिन्दुमा झरेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको ७८ हजार सात सय ७१ पटकको कारोवारमा एक करोड ४८ लाख ६७ हजार नौ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब २१ करोड ६८ लाख १४ हजार तीन सय १३ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च बिन्दुले घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ९९ अंकले घटेर १७ सय ७१ दसमलव ६१ बिन्दुमा झरेकोमा बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

जलबिद्युत समुहको सुचक भने आज ४५ दसमलव २७ अंकले बढेर २६ सय ५७ दसमलव २७ बिन्दुमा चढेकोमा निर्जिवन बीमा, ट्रेडिङ र फाईनान्स समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय सात रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आशा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ४३ प्रतिसतले घटेर १८ सय ८८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ५१ रुपैयाँ अन्तिम मुल्यमा २३ करोड ६९ लाख ६८ हजार सात सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्