राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेबाटै दुई उम्मेदवार

काठमाडौँ , बैशाख २२ । राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपालपक्षले गठबन्धन बनाएका छन् ।

काँग्रेस, माओवादी र एमाले नेपालपक्षले गठनबन्धन बनाउदै जेठ ६ गते हुने उपनिर्वाचनमा साझा उम्मेदवार नेपाल पक्षका नेता डा। खिमलाल देवाकोटालाई बनाउने निर्णय गरेको हो ।

मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा थापालाई नै उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

वाग्मती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा देवकोटाको प्रतिष्पर्धा एमालेका रामबहादुर थापाबीच हुने भएको छ । एमालेको नेपाल पक्षबाट उम्मेदवार बन्ने भएपनि पार्देटी विभाजन नभएको र आधिकारिक उम्मेदवार बन्ने सम्भावना पनि नभएकोले उनी स्वतन्त्र उम्मेद्वार बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्