प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको छ ।
। यस मध्य प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको छ । बुधबार सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षणका लागि लिएको स्वाव परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको संघीय संसदका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा जनता समाजवादी पार्टी (जसपा)का सा‌सदहरू लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी सांसद पार्वती डिसी चौधरी छन् ।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्