बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, बैशाख २३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बुधबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९१ हजार १०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज ५ रूपैयाँले घटेर १३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्