नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं , बैशाख २३। नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज बिहिबार १२ दसमलव ४७ अंकले घटेर २६ सय २७ दसमलव १३ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७७ अंकले घटेर चार सय ७३ दसमलव चार बिन्दुमा झरेको छ ।

आज दुई सय १६ वटा कम्पनीहरुको ८० हजार एक सय ४१ पटकको कारोवारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुगेको छ ।

आज कारोवार भएका कुल समुह मध्ये तीन वटा समुहको सुचक बढेर हरियो भएकाछन भने बाँकी समुहको सुचक घटेर रातो भएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ११ अंकले बढेर १७ सय ७८ दसमलव ७१ बिन्दुमा पुग्दा फाईनान्स र लगानी समुहको सुचक पनि बढेकाछन् ।

बिकास बैंक समुहको सुचक भने १३ दसमलव ८५ अंकले घटेर २८ सय एक दसमलव २१ बिन्दुमा झर्दा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले घटेर छ हजार सात सय १६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको भने प्रतिकित्ता पाँच सय २४ रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड ७२ लाख चार हजार सात सय ७३ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्