‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

काठमाडौं , बैशाख २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु ९अक्सिजन० को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ ।

मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिन्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

अक्सिजन सिलिन्डरको सङ्ख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनका अनुसार धेरै भन्दा धेरै सिलिन्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ ।

मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने जनाएको छ । उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्