कोरोनाबाट आज एकैदिन ५४ जनाको मृत्यु, ९ हजार ७० संक्रमित थपिए

काठमाडौं , बैशाख २३ । पछिल्लो २४ घन्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार २० हजार ३६७ पीसीआर तथा ७७५ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै हालसम्म मुलुकभर ३ लाख ६८ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार यस दिन २ हजार ७ सय ७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ९२ हजार ४ सय ९० संक्रमितको उपचारपछि निको भएका छन् । हाल निको भएको दर ७९.४ प्रतिशत रहेको छ ।

बिहीवार ५४ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३१ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा गरी कुल २९ सय ७२ जना थपिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्