बढ्यो सुनको मूल्‍य, आज तोलामा ९२ हजार पुग्यो

काठमाडौं । छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्‍य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

देशका प्रमुख शहरहरूमा निषेधाज्ञाका कारण सुन चाँदीको कारोबार भने ठप्प प्राय रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्