आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ २ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्