वेस्ट इन्डिजले तीन देशसँग क्रिकेट सिरिज खेल्ने

काठमाडौं , जेठ २ । वेस्ट इन्डिजले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने भएको छ । घरेलु मैदानमा वेस्ट इन्डिजले तीन देशसँग क्रिकेट सिरिज खेल्न लागेको हो ।

सन् २०२१ मा वेस्ट इन्डिजले घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने भएको हो । सिरिजको खेल तालिका पनि सार्वजनिक भएको छ ।

सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रिकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नेछ । वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी–ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ ।

यस्तै, वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी–ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ ।
दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी–ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ ।

त्यस्तै, अष्ट्रेलियासँग जुलाई ९ देखि १६ सम्म टी–ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ ।

पाकिस्तानसँग पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्