प्रतिनिधि सभा विघटनविरुद्धमा रणनीति बनाउन सर्वदलीय बैठक बस्दै

काठमाडौं , जेठ ८ । प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए। बैठक ११ बजे बस्न लागेको हो।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका १४९ जनाको समर्थनमा रिट दिनेबारेमा छलफल गर्ने र कार्यक्रम बनाउने पौडेलले बताए। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक दुबै लडाई लड्नेसमेत उनले बताए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेका छन्। यो कदमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले चर्को विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्