एटलेटिको म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

काठमाडौं, जेठ ९ । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।

घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो ।

एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे ।रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित दर्ता गर्यो ।

खेलमा एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।

बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य ग¥यो ।एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो ।

यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन ।

क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को अन्तरले विजयी भयो ।

 

प्रतिक्रिया दिनुहोस्