आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ।

बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले सस्तिदैँ प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्