काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ संक्रमित, एकैदिन ६ हजार ४०४ जनाले जिते कोरोना

काठमाडौँ, जेठ ११ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३ जना, भक्तपुरमा ३२३ जना र ललितपुरमा ४२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्