मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराक प्रस्थान

काठमाडौँ, जेठ १२ । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गरेको छ ।

२३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेको हो ।

नेपालले मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्