डब्ल्युएचओ भन्छ- विश्वभर कोरोनाको संक्रमण र मृत्युदर घट्यो

काठमाडौं, जेठ १२ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आएको जानकारी दिएको छ ।

गत हप्ता र पहिलेको तथ्यांकलाई मध्यनजर गर्दै डब्ल्युएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदर घटेको बताएको हो । डब्ल्युएचओका अनुसार गत हप्ता विश्वभर ४१ लाख नयाँ कोरोना संक्रमित थपिँदा ८४ हजारको संक्रमणका कारण मृत्यु भएको थियो ।

त्योभन्दा पहिलेको हप्ताको तुलनामा संक्रमण दरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशत गिरावट आएको डब्ल्युएचओको भनाइ छ । यस हप्ता पनि दैनिक संक्रमित र मृतक संख्यामा कमी आइरहेको बताइएको छ ।

रिपोर्टअनुसार यो हप्ता युरोपेली क्षेत्रमा संक्रमण र मृत्युदरमा उल्लेखनीय कमी आएको छ । त्यस्तै दक्षिण पूर्वी एसियाको पनि अवस्था सुधार उन्मुख भएको देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्