सुदूरपश्चिममा एमाले सरकारबाट फिर्ता नहुने

काठमाडौं, जेठ १२ । सूदूरपश्चिम प्रदेशको नेकपा संसदीय दलको बैठकले सरकारबाट बाहिर नफर्किने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले केन्द्रको स्थायी कमिटीको निर्णय विपरित सरकारबाट नफर्किने निर्णय गरेको हो ।

बैठकको निर्णय बारे जानकारी दिदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा नआएको बताइन् ।

साथै हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिने निर्णय भएको बताइन् ।

प्रदेशमा एमालेका २५ सांसद रहेकोमा नेपाल पक्षका १८ सांसद रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्