अब घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने

काठमाडौं , जेठ १५ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षदेखि घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने बताएका छन् । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित जग्गा प्रशासन सम्बन्धी सेवा बिस्तार गरिने उनको भनाई छ ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

जग्गा सम्बन्धी सबै अभिलेखको डिजीटल प्रविधि भू–अभिलेख सूचना प्रणालीबाट उपलब्ध गराइने उल्लेख गरे ।

यस्तै आगामी आर्थिक बर्षभित्र कित्ता नापी फिल्डबुक प्लट रजिष्टार सम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने गरी मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्