उपप्रधानमन्त्री पोखरेल र योगेश भट्टराईबीच एक्लाएक्लै भेटवार्ता , के भयो कुराकानी ?

काठमाडौं, जेठ १९ । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र सोहि पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईबीच छलफल भएको छ।

दुई नेताबीच भेटमा एमालेको आगामी राजनीतिलाई के कसरी अघि बढाउने भन्नेबारेमा छलफल भएको स्रोतको भनाइ छ।‘ पार्टीमा आगामी जिम्मेवारी र समग्र विषयमा छलफल भएको पनि बुझिएको छ ।

पोखरेल र भट्टराईबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै कुराकानी भएको हो । सो कुराकानी करिब ३५–४० मिनेटसम्म भएको थियो।

एमालेमा माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहतर्फ निकट रहेका भट्टराई केहि समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री ओलीतर्फ निकट बन्दै गइरहेका थिए।

उनी कता लाग्ने हुन् भन्ने अझै प्रष्ट नभइरहेका बेला ओली तर्फका एक प्रमुख नेता पोखरेलसँग भएको छलफललाई निकै अर्थपूर्णरुपमा लिन सकिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्