थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु , आज निको कति भए ?

काठमाडौं , जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०. ८ प्रतिशत पुगेको छ ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्