केही खुकुलो गर्दै उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा , के–के गर्न पाइन्छ, के पाइँदैन ? (आदेशसहित)

काठमाडौं, जेठ १९ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।

यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । यसअघि किराना पसल, डिपार्टमेन्ट स्टोर लगायत पूर्ण बन्द गरिए पनि अहिले केही खुकुलो गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  जेठ २१ गतेदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थपिएको हो यसअघि थपिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिनेछ ।

अब लागू हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको निष्कर्ष निकालेका थिए ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रतिक्रिया दिनुहोस्