तराईलाई मरुभूमिकरण गर्ने निर्णय तुरुन्त खारेज गरियोस् : प्रचण्ड

काठमाडौँ , जेठ १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नेपालको तराई क्षेत्रलाई मरुभूमि बनाउन लागेको आरोप लगाएका छन् ।

हालै ल्याएको बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने निर्णय गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

दाहालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

सरकारको उक्त निर्णयप्रति चौतर्फी पनि यतिबेला विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्