आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ २० । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नयाँ मूल्य अनुसार आज सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ३ ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्