मन्त्रालय र मन्त्रीको नाम पनि टुंगो लाग्यो, जसपा आजै सरकारमा जाने

काठमाडौं , जेठ २१ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच जना नेता आज मन्त्री बन्ने निश्चित भएको स्रोतको दाबी छ ।

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । जसअनुसार महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी बहन गर्ने छन् ।

यसैगरी, शरतसिंह भण्डारीले ‍उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवले खानेपानी मन्त्रालय, अनिल झाले शहरी विकास र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिनेछन् ।

अरगरिया भने आफूलाई दिएको जिम्मेवारीप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ । आजै साँझसम्म उनीहरुले सपथग्रहण लिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्