उपत्यकामा थपिए १३८४ संक्रमित, सक्रिय संक्रमित कति ?

काठमाडौँ , जेठ २१ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ८९७ जना, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा हाल २३ हजार ६२४ सक्रिय संक्रमित रहेका छन् ।

जसमा काठमाडौँ जिल्लामा १३ हजार ९६७ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ४०४८ जना छन् भने ललितपुर जिल्लामा ५६०९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै देशभर आज ६६५३ संक्रमित थपिएका छन् भने १०१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्