त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

काठमाडौं, जेठ २३ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको छ।

आगामी जुलाइमा स्कटल्यान्डमा हुने भनिएको सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

‘त्यहाँको स्थानीइ सरकारसँग स्वीकृती लिन बाँकी भएपनि सिरिज जुलाई तेस्रो साता हुने निश्चित भएको छ। क्वारेन्टिन समय, खेलाडी संख्या र उडानको बारेमा सोमबारसम्म थाहा हुन्छ,’ चन्दले भने, ‘सिरिजका लागि क्यानले खेलाडीको नाम पठाउने तयारी गरिरहेको छ।’

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले एक सिरिज मात्र खेलेको छ। नेपालले पहिलो सिरिज घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो। ओमानसँगको दुवै खेल गुमाएको नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्