राष्ट्रिय जनमोर्चाका सांसद थापालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

काठमाडौँ, जेठ २३ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले जनमोर्चाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

जनमोर्चाले पार्टीको निर्देशन नमानेको भन्दै सांसद थापालाई सांसद पदसहित पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको थियो ।

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका थिए ।

आदेशबारे जानकारी दिदै सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले निवेदकले मागेअनुसारको आदेश भएको बताए । सर्वोच्चले कारबाही गरिएको विषयमा जवाफ दिन समेत आदेश दिएको छ ।

यस्तो छ आदेश

 

प्रतिक्रिया दिनुहोस्