सरकार विरुद्ध नेविसंघको प्रदर्शन, ९ जना नेता तथा कार्यकर्ता पक्राउ

काठमाडौँ, जेठ २३ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा नेविसंघले प्रदर्शन गरेको हो । गोगंबु चोकमा भेला भएका नेविसंघ कार्यकर्ताहरूले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए।

सो प्रदर्शनका क्रममा उनीहरुले ‘प्रभुलाई भेटी चुरेको गिट्टी’ नारा लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रदर्शनसँगै पुगेको प्रहरीले ९ जना नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको नेविसंघका एक नेताले जानकारी दिए ।

पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्