नेपाल–खनाल पक्षको बैठक बस्दै, ओलीको एकता प्रस्तावप्रति साझा धारणा बनाइने

काठमाडौं, जेठ २४ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हिजो  राति राखेको ६ बुँदे प्रस्तावमा साझा धारणा तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको वैठक बस्ने भएको छ ।

अध्यक्ष ओली शर्तसहित २०७५ जेठ ३ अर्थात एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति छलफल गर्न नेपाल–खनाल पक्षको बैठक बस्न लागेको हो छ ।

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ ।

ओलीले पूर्व माओवादीका रामबहादुर थापासहितको स्थायी कमिटी र प्रतिपक्ष दल नपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनु पर्नेलगायतका ६ बुँदे प्रस्ताव नेपाल–खनाल पक्षलाई राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्