बजेट कार्यान्वयन तालिका एक हप्ताभित्रै सार्वजनिक गर्छौँ : अर्थसचिव ढुंगाना

काठमाडौं, जेठ २४ । अर्थसचिव शिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयनको लागि एक हप्ताभित्रै कार्यतालिका सार्वजनिक गर्ने बताएका छन्।

बजेट कार्यान्वयनको विषयबारे आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा ढुंगानाले कार्यतालिका मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन्।

उनले अर्थ मन्त्रालयको सहमतिमा कार्यविधि निर्माण गर्नसक्ने भएकाले कार्यविधि निर्माणको लागि धेरै समय नलाग्ने दाबी गरे।

सबै निकायलाई असार १५ सम्म कार्यविधि, निर्देशिका बनाइसक्न निर्देशन दिएको उनको भनाइ छ।अर्थसचिव ढुंगानाले बजेटमा व्यवस्था भएको करछुट असार १५ गतेसम्म निर्क्योल गर्ने बताए।

ढुंगानाले खोप ल्याउने सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै स्रोत व्यवस्थापन र खोप ल्याउन पहल गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्