नेप्सेमा आज सामान्य अंकको गिरावट

काठमाडौं , जेठ २४ । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने शुन्य दसमलव २१ अंकले घटेर २९ सय छ दसमलव ७० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३८ अंकले घटेर पाँच सय २० दसमलव ६३ बिन्दुमा झरेको छ ।

आज दुई सय २१ वटा कम्पनीहरुको एक लाख ५१ हजार नौ सय ४२ पटकको कारोवारमा तीन करोड ५४ लाख ७४ हजार चार सय १४ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक घटेकाछन् भने सात वटा समुहले सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३१ दसमलव ७४ अंकले घटेर १९ सय ४५ दसमलव ७२ बिन्दुमा झरेकोमा ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने आज दुई सय ६० दसमलव छ अंकले बढेर चार हजार चार सय सात दसमलव ४२ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ९१ दसमलव ६५ अंकले बढेर २९ सय २५ दसमलव ७९ बिन्दुमा चढेको छ । यि बाहेक निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर पाँच सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी बैंकको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ५८ प्रतिसतले घटेर तीन सय ७७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १९ सय एक रुपैयाँ अन्तिम मुल्यमा ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्