काठमाडौँ उपत्यकामा थपिए १ हजार ११५ जना संक्रमित

काठमाडौँ, जेठ २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्