महामारीले थन्किएको मानव जीवन !

काठमाडौं , जेठ २५ । मानिस हरेक कामहरू गरिरहने एक व्यस्त प्राणी हो! उसले आफ्नो जीवनमा हरेक क्रियाकलाप गरिरहेकै हुन्छ आफु सक्दो!  नियतिले कोहि नसक्ला छुट्टै कुरा हो तर सोचाइले हरेकले गच्छे काम गरिरहेकै हुन्छ। तथापि देश, काल र परिस्थितिले उसलाई प्रभाव पार्न सक्छ। ऊ हरतरहले आफु जोगिन खोजे पनि हात लागि शुन्य हुने अवस्था आइलागेको छ। कारण अहिले व्याप्त महामारी हो।

मानिसलाई घरको चार दिवाल भित्र सक्ने क्षमतावान माइकालाल कोरोना महामारी बन्न पुगेको छ। साहस बढाएर मानवले आफु संघर्ष गरेको आभाष गरेपनि यसलाई भने पराजित गर्न सकेको छैन पूर्ण रुपमा। महामारी यति शक्तिशाली भएर उभियो कि यसका मांसपेशीहरु अब्बल देखिए। मानिस मानिस देखि डराउने अवस्था सिर्जना गरायो यसले। महामारी जीवन खुम्च्याउने पासा बनेको बनेको छ।

पहिले पहिले मानिसहरु खुवै जिस्काउथे कर्मविरहरुलाई तिमी कति व्यस्त भएको भनि। आफु स्वतन्त्र प्राणी भएको दावी गर्न पनि छोड्दैनथे। आफुले गरेका कामहरूलाई खुम्च्याइदियो कोरोना कहरले। केही दिन यस्तो पो लाग्न थाल्यो कि बजार पनि कोरोनाले भरिएको छ। जहाँ पनि कोरोना कोरोना भन्ने शब्द नै दोहोर्याइ तेहर्याइ कानमा गुन्जिन्थ्यो। छरछिमेकमा एक अर्को सित धक खोलेर पनि बोल्न सक्ने बेला सिर्जना भएको छ।

थला परेको जीवन जीउनु परेको छ श्वस्थ चएकाहरुले पनि। सबैभन्दा भन्ने सुन्ने गरिन्छ अहिलेसम्म त ठिकै छ आगे भगवान भरोसा। तापनि आशाले, मोहले र जीवनयापनको डोरोले मानिसलाई उजागर गरिरहेको छ यद्यपि उसको मानसिकता साँघुरिए पनि आफुलाई बलवान देखाउने पनि निर्बल बनेको छ। कर्मका सम्भावनालाई ताल्चा मारेको छ।

जीवन चक्र, घर, कोठा, चोटा र बढी नै भए घर बाहिर आउन सक्ने परिवेश छ। आफन्तजन फोनबाट सोधखोज गरिरहेको अवस्था हो महामारी। यो जीवनको कार्य चरण रोक्न पुगेको छ। मानव बस्ती, टोल समुदाय र बासस्थानहरु क्रन्दनमा छन् ।

शंकाले जीवन पिरोलेको छ। उद्योग, कलकारखाना, बजार क्षेत्र, निर्माण कार्य, पुलपुलेसा र अन्य कार्यहरु पनि मुर्छित बनेका छन्। जेहोस महामारी मानव धम्क्याउन सफल भएको छ। एप्पल सिइओ स्टेभ जब्सले ज्यध तय ष्खिभ दभायचभ थयग मष्भ मा जीउने तरिका भने जस्तै जीवन जिउन सक्ने खुवी पनि महामारीले भरिदिएको छ। जीवनका छालहरुलाई यसले यसरी कठघरामा राखेको छ कि अव सुरक्षित बस धेरै चुरिफुरी नगर जीवन कर्कल्लाको पातमाथिको पानीको फोका हो। महामारीले मानवलाई दिनचर्या जीउने कला सिकाएको छ।

मानिस यस अवस्थामा घरिघरि भित्र बाहिरको म्याराथनमा सहभागी छ। मानौ कि बाहिर यमराज घुमिरहेको छ र च्याप्प समातेर पाउने बित्तिकै यमपुरी पुर्‍याउनेछ भन्ने परिस्थिति ल्याइदिने एक मात्र महान शत्रु कोरोना महामारी बनिरहेको छ। घरलाई चिन्ने, घरबारीलाई बुझ्ने, बालबालिकालाई ग्रहण गर्न सबक सिकाउन पनि यो महामारी आवश्यक भएको त होइन कतैरु वारीमा के फलेको छरु बालबालिका के माग गर्छन् रु भन्ने कुराको पनि भान गराइरहेको छ महामारी।

घरसित प्रेम बसाइदिने, घरभित्र पनि बस्नुरहेछ र घरले नै जीवन शुरुवात गरेको हो भन्ने अवगत गराइदिने माध्यम महामारीको बनेको छ। मानिसलाई कोठा आँगन, आागन कोठा, नास्ता खाना, खाना नास्ता आदिमा यसले सिमित पारेको छ। घडीको यात्रा नरोकिए पनि मानव कार्यक्रमहरु स्थगित छन् । मानसिक समस्या थप्ने पनि यो माहिर भएको छ।

प्रकृतीलाई हवाला दिने मानवलाई यसैले छेकेको छ। यसको भाइरस यति डरलाग्दो छ कि जो मानिसलाई एक अर्काबाट छुट्टयाउने काम लालायित छ। मानिसका हरेक पक्ष च्याउ बिलाए जस्तै ओइलाएका छन् । महामारी यतिसम्म निष्ठुरी बनेको छ कि यसले घरबाट निस्किएका कैयौंलाई परलोकको बास बसाउन सफल भएको छ।

राज्यहरुलाई ठप्प पारेको छ। तर केही धनाड्य देशहरूलाई पैसा सिमोट्ने चाँजोपाँजो यसले मिलाएको छ। मानवीय आशाहरु निराशामा बदल्न सक्ने यात्रा महामारी हिडिरहेको छ। आजफ्नै घर आँगन पनि पराइको जस्तो गरि मुखौटोको भरमा श्वास प्रवाह गर्ने किर्ते शत्रु भइदिएको कुलंगार महारोग जगहालि बसेको छ।

यसरी कोरोनालाई निलकण्ठी महादेवको जरुरत छ। महाकालीको असली रुप आवश्यक छ दैत्यराजहरुलाई एक एक गरी नाश गरे जस्तै। आँप लिचि फले पाके पनि तर दोश्रो कोरोना सिद्दिएको आभाष भएको छैन। हाकिमलाई पनि छड्के पारेको छ।

मान्छेलाई पि सि आर र पि पिइको लठारोमा कोचेको छ। मानिस तर्सिएको छ, शसंकित छ र निराश छ। फलस्वरूप जीवन साँघुरो घेरामा बाँच्न मानव बिबस छ। अर्कोतिर मानिसले भित्रै बसी प्रवेशद्वार बन्द गरियसलाई छल्ने कष्ट उठाएकै छ। अपशोच यो महामारी कहिले घुँडा टेक्ने हो कहिल्यै नउठ्ने पराजय भोगेर।

अस्तु!

(लेखक मान बहादुर जोरा कैलाली बहुमुखी क्याम्पसमा  प्राध्यापक  हुन् )

प्रतिक्रिया दिनुहोस्