भारतको बिहारमा लकडाउन हटाइयो , राति कर्फ्यू भने जारी

काठमाडौं, जेठ २५ । भारतको बिहारमा लकडाउन अन्त्य गरिएको छ।मुख्यमन्त्री नितिश कुमारले ट्विट गरेर लकडाउन हटाइएको घोषणा गरेका हुन्।

यद्पि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कर्फ्यू भने जारी रहने उनले बताएका छन्।

मुख्यमन्त्री नितिश कुमारले लकडाउनका कारण राज्यमा कोरोना संक्रमण नियन्त्रणमा लिन सहज भएको तर अहिले पनि भिडभाडबाट बच्नुपर्ने बताएका छन्।

उनले ५० प्रतिशत कर्मचारी राखेर सरकारी तथा निजी कार्यालयहरु साँझ ४ बजेसम्म र पसलहरु साँझ ५ बजेसम्म खोल्न पाइने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्