विदेशी लगानी ल्याउँदा अब राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने

काठमाडौं , जेठ २५ । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट अब स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो ।

“विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन,” विनियमावलीमा भनिएको छ । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, लिखित जानकारी भने दिनुपर्ने व्यवस्था गरिएको छ ।

सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योगरकम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लेखित कागजात साथ एकाइमा निवदेन पेस गर्नुपर्ने भनिएको छ ।

यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योगरकम्पनीको खातामा जम्मा गर्नेछ ।

विदेशी लगानीको लेखांकन भने गराउनुपर्नेछ । विदेशी लगानी भएको कम्पनीरउद्योग वा विदेशी लगानीकर्ताले विदेशी मुद्रा भित्रिएको वा विदेशी लगानी भएको ६ महिनाभित्र निवदेन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्