गर्मी बढ्यो, शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !

काठमाडौं , जेठ २६ । केही दिनयता तराईका जिल्लासहित देशभर नै गर्मी बढेको छ । यस्तो गर्मीको समयमा शरीरलाई शीतल दिन फलफूल खानु लाभदायक मानिन्छ । दैनिकजसो फलफूल खान सके यसले शरीरलाई शीतल दिनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । धेरैजसो फलफूलमा पानीको मात्रा बढी हुन्छ । पानीको मात्रा बढी भएका फलफूल गर्मीको समयमा खानु निकै फाइदाजनक हुने डाक्टरहरु बताउँछन् ।

डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीर सुख्खा हुने भएकाले शरीरमा पानी धेरै चाहिन्छ । गर्मीमा पसिना धेरै बग्ने हुँदा पानीको मात्रा कम हुन्छ, फलफूलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ । फलफूलले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्ने हुँदा गर्मीको समयमा पानीको मात्रा बढी हुने काँक्रो, खरबुजा, मेवा, स्याउ लगायतका फलफूल खान डाक्टरहरुको सल्लाह छ ।

काँक्रो :  काँक्रो गर्मीमा धेरै खाइने फलफूलमध्ये एक हो । यसमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्याधिक पाइने हुँदा काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।

खरबुजा : खरबुजा गर्मीयाममा निकै खाइन्छ । यसमा पानीको मात्रा धेरै हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । खरबुजा खान सके रक्तचापलाई सामान्य राख्छ, फाइबर प्रशस्त मात्रामा पाइने हुँदा यसले पाचन तन्त्रलाई पनि सुधार्न मद्दत गर्छ ।

मेवा :  मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ । यसले शरीरलाई सितलता प्रदान गर्नुको साथै पाचन प्रक्रियामा रहेका समस्या हटाउन र कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ । मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्दत पनि गर्दछ ।

स्याउ :  स्याउ धेरै फाइदाजनक फलफूलमा पर्दछ । स्याउ खानाले शरीरमा शीतलतासँगै मिर्गौलामा हुने पत्थरीबाट पनि बचाउने डाक्टरहरु बताउँछन् । त्यस्तै कब्जियत वा ग्यास्ट्रिकको समस्याका लागि पनि स्याउ खानु फाइदाजनक मानिन्छ । स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले अल्जाइमरबाट बचाउँछ । दम रोगीको लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले शरीरमा ग्लुकोजको कमीलाई पूरा गर्दछ र मधुमेहको खतरालाई कम गर्दछ ।

५. भूइँकटहर

गर्मीमा खान छुटाउनै नहुने भूँइकटहर पनि हो । छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल भूँइकटहरमा भिटामिन सी धेरै मात्रामा पाइन्छ जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

६. केरा

केरा खानाले चिसो महसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ। यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ । गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौँ ।

प्रतिक्रिया दिनुहोस्