बहुमतको हस्ताक्षरलाई राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन, त्यो अधिकार कसले दियो ? : शम्भु थापा

काठमाडौं , जेठ २६ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरूद्ध बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधनाको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन् ।

बुधबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट बहस गर्दै उनले राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दावी पुग्दैन भन्ने आधार के हो भनेर प्रश्न गरे ।

संविधानको धारा ७६ (५) मा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको थापाको भनाइ थियो ।

अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर रिट दिनुले पनि धारा ७६(५) को प्रधानमन्त्रीमा देउवाले दावी पुग्ने पुष्टि हुने उनले बताए । उनले राष्ट्रपतिलाई फलानोले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने अधिकार संविधानले नदिएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्