मलामी गएका चार युवा नदीमा डुबेर बेपत्ता

धादिङ, २६ जेठ । बूढीगण्डकी र त्रिशूली नदीमा डुबेर चार युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिकाका– २ का २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् ।

बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएर फर्किदा नुहाउने क्रममा उनीहरू डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

मंगलबार दिउँसो सवार ३ बजे नदीमा बेपत्ता भएका उनीहरूलाई प्रहरी, स्थानीयवासीको टोलीले खोजी गरिरहेको छ । यसैगरी गजुरी गाउँपालिका– १ स्थित त्रिशूली नदीमा माछा मार्न गएका सिद्धलेक–६ का २८ वर्षीय रामबहादुर विसंखे जाल हान्ने क्रममा लडेर नदीमा बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्