प्रतिनिधिसभा विघटन मुद्दाः दुई अधिवक्ताको बहसपछि न्यायाधीशहरु आन्तरिक छलफलमा

काठमाडौँ, जेठ २६ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुईजना कानुन व्यवसायीको बहस सुनेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा बसेका छन् ।

विपक्षी गठबन्धनले दायर गरेको रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

बहसको शुरूमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ रु’ जसमा थापाले विश्वासको मत नै नलिएका प्रधानमन्त्रीले विघटन गर्नै नपाउनेसहितका आधारहरू प्रस्तुत गरेका थिए ।

थापा र यादवको बहसपछि बहस रोकेर प्रधानन्यायाधीश र चारजना न्यायाधीश आन्तरिक छलफलमा जुटेका हुन् । आन्तरिक छलफल पछि पुनः बहस शुरु हुनेछ । अन्तरिक छलफलपछि अन्तरिम आदेश दिने नदिनेबारे निर्णय हुनसक्ने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्