सर्पको टोकाइबाट दुईजनाको मृत्यु

काठमाडौं, जेठ २६ । सर्पदंशका कारण सप्तरी र नवलपरासी पश्चिममा गरी दुई जनाको ज्यान गएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा शौचालय जाने क्रममा अचानक सर्पले टोकेपछि वर्ष ५०का एक पुरुषको मृत्यु भएको छ।

यस्तै, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१४ गंगाबस्तीमा वर्ष २३ का एक पुरुषलाई अचानक सर्पले टोकेपछि उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यता, अविरल वर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिका–१२ खिर्ने खोलास्थित एक घर माथिबाट पहिरो आइ घर पूर्णरुपले क्षति हुँदा वर्ष ६का एक बालक घाइते भएका छन्।

यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित घर अगाडि पार्किङ गरि राखेको मोटरसाइकलमा आगलागी भइ क्षति भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्